विश्वसनीय पत्रकारिताका लागि सूचनाको हकको प्रयोग
डेटूडे खबर डेस्क
१५ पौष २०८२
जनकपुरधाम । विश्वसनीय पत्रकारिताका लागि सूचनाको हक तथा कानुनको उपयोगिता सम्बन्धि दुईदिवसीय गोष्ठी सम्पन्न भएको छ। मिथिला बिहारी नगरपालिकाको कल्चरल भिलेजमा शुक्रबार सुरु भएको गोष्ठी शनिबार सम्पन्न भएको हो।
गोष्ठीमा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त सुरेश आचार्यले सूचनाको हकसम्बन्धि यस्तो गोष्ठी मधेश प्रदेशमा पहिलोपटक आयोजना गरिएको उल्लेख गर्दै यसलाई अभियानकाे रूपमा हरेक प्रदेशमा विस्तार गर्ने लक्ष्य रहेको बताए। उनले पत्रकारितामा सूचनाको हकको प्रयोग अझै मर्यादित र जिम्मेवार ढङ्गले हुन आवश्यक रहेकोतर्फ ध्यानाकर्षण समेत गराए।
त्यसैगरी, मधेश प्रदेशका अर्थमन्त्री महेश यादवले प्रदेश सरकारले आफ्नै टेलिभिजन तथा रेडियो सञ्चालन गर्ने विषयमा छलफल अघि बढाएको जानकारी दिए। गोष्ठीमा मधेश प्रदेशका आठवटै जिल्लाका पत्रकारहरूको सहभागिता रहेको थियो।
