यस्तो छ समानुपातिकको बन्दसूची

  डेटूडे खबर डेस्क
  १५ पौष २०८२

                            

काठमाण्डाैँ ।  निर्वाचन आयोगमा आउँदाे प्रतिनिधिसभा सदस्य चुनावका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेश गर्ने राजनीतिक दल र निर्वाचन चिह्नको विवरण सार्वजनिक भएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निकालेकाे प्रेस विज्ञप्तिमा कुल ६४ दलले सूची बुझाएकामा ५८ दलले ५८ निर्वाचन चिह्नमा उम्मेदवारी दिएका छन् । आयोगले यही पुस १३ र १४ गतेका लागि बन्दसूची बुझाउने कार्यतालिका निर्धारण गरेको थियो । सोमवार राति अबेर र आज बिहानसम्म गरेर ६४ राजनीतिक दलले बन्दसूची बुझाएका थिए ।

प्राप्त बन्दसूचीका सम्बन्धमा यही पुस १५ देखि २० गतेसम्म छानबिन गर्ने कार्यतालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट