भद्रपुर : विमानस्थलमा चिप्लिएको बुद्ध एयरका सबै यात्रु सुरक्षित
डेटूडे खबर डेस्क
१८ पौष २०८२
काठमाडौं । भद्रपुर विमानस्थलमा रनवेबाट चिप्लिएको बुद्ध एयरका सबै यात्रु सुरक्षित रहेका छन् । बुद्ध एयरको सूचना अधिकारी दिपेन्द्र कर्णका अनुसार, विमानमा रहेका सबै यात्रु तथा चालक दल सकुशल छन् ।
उक्त विमानमा जम्मा ५१ जना यात्रु रहेकाे थियाे ।आज साँझ ७ः०० बजे काठमाडौँबाट भद्रपुर प्रस्थान गरेको विमान ९ः४५ बजेतिर अवतरण गर्ने क्रममा साे घटना भएको हो ।
