निर्वाचन बहिष्कार गर्न ६ कम्युनिस्ट पार्टीको आह्वान

  डेटूडे खबर डेस्क
  १८ पौष २०८२

                            

काठमाडौँ । ६ कम्युनिस्ट पार्टीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिष्कार गर्न आह्वान गरेका छन् । शुक्रवार बसेको ६ कम्युनिस्ट पार्टीको संयुक्त बैठकले सो आह्वान गरेको हो । 

निर्वाचन बहिष्कार गर्न आह्वान गर्नेमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा बहुमत, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (जनपक्ष), नेपाल कम्युनिस्ट पार्टी र समाजवादी कम्युनिस्ट पार्टी नेपाल रहेका छन् । 

बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले स्वाधीन संयुक्त जनसरकार र जनसंविधान सुनिश्चित नगरी यथास्थितिमा हुने जनविरोधी चुनावको बहिष्कार गर्न आम जनतामा अपिल गरेका छन् । बैठकले ६ कम्युनिस्ट पार्टीको संयुक्त केन्द्रीय सङ्घर्ष समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट