जनकपुर : कार दुर्घटना हुदा १ जनाको मृत्यु, २जना घाइते
डेटूडे खबर डेस्क
१९ पौष २०८२
जनकपुरधाम । धनुषामा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छन् भन्ने दुईजना घाइते भएका हुन् ।
जनकपुरधाम उपमहानगरपालिका–१९, जमुनियास्थित सडकमा काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको बीआर ०१ एचडी २६८६ नम्बरको कार शनिबार (आज) बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कारमा सवार भारतको पटनाका ७५ वर्षीय विजय प्रकाशको मृत्यु भएको हो । प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका कारमा सवार अरू दुईजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
