सरकार आफैँ निर्वाचन बिथोल्न लागि परेको छः महासेठ
डेटूडे खबर डेस्क
२० पौष २०८२
जनकपुरधाम ।
नेकपा (एमाले)का उपमहासचिव रघुवीर महासेठले सरकार आफै निर्वाचन बिथोल्ने लागि परेको आरोप लगाएका छन् ।
जनकपुरधामम आईतवार(आज) सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले साे कुरा बताएका छन् । उपमहासचिव महासेठले जेन–जी आन्दोलनपछि लुटिएका हतियार र भागेका कैदीबन्दीहरु फिर्ता नभएबाट पनि सरकार चुनाव गराउन नलागेको बताए ।
उनले भने जुनसुकै बेला पनि निर्वाचनमा आफु भाग लिन तयार रहेको समेत बताएका ।
