माग सम्बोधन नभए सरकारसँगको वार्ता तोड्ने दुर्गा प्रसाईंको चेतावनी

  डेटूडे खबर डेस्क
  २० पौष २०८२

                            

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आफ्ना मागहरू सरकारले पूरा नगरे वार्ताको प्रक्रिया भंग गर्ने चेतावनी दिएका छन्। आइतबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय संकल्प पृथ्वीपथ’ विषयक कार्यक्रममा बोल्दै प्रसाईंले सरकारलाई आफ्ना एजेण्डाबारे औपचारिक जानकारी गराइसकेको र अबको कदम सरकारको जवाफमा निर्भर रहने बताएका हुन् । 

उनले सरकारसँगको संवाद सफल नभए आफू सशक्त आन्दोलनमा उत्रिन तयार रहेको समेत प्रस्ट पारे। समान विचार राख्ने शक्तिहरू एक ठाउँमा उभिएर दबाब सिर्जना गर्नुपर्नेमा जोड दिँदै प्रसाईंले देश यतिबेला गम्भीर संकटमा रहेको दाबी समेत गरे। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट