कुलमान घिसिङ राजीनामा दिने तयारीमा
डेटूडे खबर डेस्क
२३ पौष २०८२
काठमाडौं । ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान घिसिङले आजै राजीनामा दिने तयारी गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामा दिने तयारी गरेको उनको सचिवालय स्रोतले जानकारी दिएकाे छ ।
पत्रकार सम्मेलनमार्फत् राजीनामाका विषयमा जानकारी तयारी रहेको सचिवालयले जनाएको छ । उनी गत भदाै ३० गते ऊर्जामन्त्रीमा नियुक्त भएका थिए । उनलाई भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको थियाे ।
