आज कांग्रेस संस्थापनको केन्द्रीय सदस्य भेला

  डेटूडे खबर डेस्क
  २५ पौष २०८२

                            

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले आज केन्द्रीय सदस्य भेला गर्दै छ । बिहान १० बजे आनन्दभूमि पार्टी प्यालेस बानेश्वरमा डाकिएको भेलामा सबै केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि आह्वान गरिएको छ ।

“नेपाली कांग्रेसभित्र उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सल्लाहका लागि पुस २५ गते शुक्रबार दिउँसो १० बजे आनन्दभूमि पार्टी प्यालेसमा अनिवार्य  उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु,” केन्द्रीय सदस्य किरण पौडेलले  केन्द्रीय सदस्यहरूलाई पठाएको सूचनामा भनिएको छ ।

भेलामा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाइसकेको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुनेछ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट