समानुपातिकतर्फको उमेदवारी आजसम्म फिर्ता लिन सकिने

  डेटूडे खबर डेस्क
  २८ पौष २०८२

                            

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिकतर्फका उमेदवारले आज अपरान्ह ४ बजेसम्ममा उमेदवारी फिर्ता लिन सक्नेछन् ।

निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम सम्बन्धित उमेदवारले आफ्नो उमेदवारी फिर्ता लिन सक्नेछन् ।

आयोगले  सम्बन्धित सबै उमेदवारलाई सो सम्बन्धमा जानकारी गराएको निर्वाचन अधिकृत कृष्णबहादुर राउतले जानकारी दिए । आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० देखि ४ बजेसम्म उमेदवारी फिर्ता लिन सक्नेछन् ।

बन्दसूचीमा नाम समावेश भएका उमेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिन सक्नेछन् ।

कुनै कारणवश सम्बन्धित उमेदवार उपस्थित हुन नसक्ने भएमा वारेसमार्फत पनि नाम फिर्ता लिन निवेदन दिन सकिने आयोगले जनाएको छ ।

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना निर्वाचित हुने व्यवस्था छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट