कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आज बिहान ८ बजेदेखि सुरु हुँदै

  डेटूडे खबर डेस्क
  २८ पौष २०८२

                            

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गतको बन्दसत्र आज  बिहानबाट सुरु हुने भएको छ । बिहान ८ बजेबाट बन्दसत्र सुरु हुने भएको हो ।

विशेष महाधिवेशनमा २६ सय ६२ प्रतिनिधिले नाम दर्ता गराएका छन् । दोस्रो विशेष महाधिवेशन सचिवालयका अनुसार प्रदेशगत र भातृ शुभेच्छुक एवं जनसम्पर्क समितिबाट आएका २६ सय ६२ प्रतिनिधिले प्रतिनिधिले नाम दर्ता गराएका हुन् । 

कोसीबाट ४२५, मधेसबाट ४४६, वाग्मतीबाट ४३२, गण्डकीबाट २९६, लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४, सुदूरपश्चिमबाट १५८, उपत्यकाबाट १७८ र भातृ, शुभेच्छुक र जनसम्पर्कबाट १९५ प्रतिनिधिले नाम दर्ता गराएका छन् । 

कांग्रेस महामन्त्री गगन थापाले महाधिवेशनले चाह्यो भने नीति र नेता बदल्न सक्ने बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट