BBA मा निःशुल्क भर्ना खुल्यो

  डेटूडे खबर डेस्क
  २८ पौष २०८२

                            
महोत्तरी । योग मनोहर वसन्त जनता बहुमुखी क्याम्पस बलवामा राजर्षि जनक विश्वविद्यालयद्वारा संचालित चार वर्षे आठ सेमेस्टर भएको बिबिए Bachelor of Business Administration (BBA) कोर्स नि:शुल्कमा अध्ययन गर्ने गरी भर्ना खोलिएको छ ।
महोत्तरीको बलवा नगरपालिकाको एकमात्र क्याम्पस योग मनोहर वसन्त जनता बहुमुखी क्याम्पसमा बिबिए कोर्स यसै वर्षदेखि संचालनमा आएको छ । क्याम्पसले भर्ना, रजिष्ट्रेशन र परिक्षा शुल्क मात्र लिने गरेको छ तथापि क्याम्पसले १२ महिनाको शिक्षण शुल्क नि:शुल्क गरेको छ ।
 
बलवा कै स्थानीय रैथाने समाजसेवी तथा शिक्षाप्रेमी योगकुमारको नाति डा. बसन्तकुमार माथेमाद्वारा स्थापित यो क्याम्पसको जग २०७९ सालमा भएको थियो । पूर्वमन्त्री शरतसिंह भण्डारीको संसदीय कोषबाट ३+३ कोठे भवनको निर्माण भएको प्रमुख प्रशासक मनोजकुमार झाले बताए ।
 
डा. बसन्तकुमारद्वारा प्रदत्त १० कठ्ठा जग्गामा निर्मित क्याम्पसमा अत्याधुनिक कम्प्युटर ल्याब, पुस्तकालय, कक्षा कोठा लगायतको सुविधा रहेकोे क्याम्पस प्रमुख प्रमोदकुमार साहले  जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट