पूर्वमन्त्री रामेश्वर राय जसपा प्रवेश

  डेटूडे खबर डेस्क
  ०४ माघ २०८२

                            

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं पूर्व श्रममन्त्री रामेश्वर राय यादव आइतबार जनता समाजवादी पार्टी प्रवेश गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा आज रायसहित उनीनिकटका नेता कार्यकर्ता जसपा प्रवेश गरेका हुन् । रायसहितका नेताहरूलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वागत गरेका छन् ।

त्यस्तै चक्रघट्टा गाउँपालिकाका पूर्वअध्यक्ष विक्रम यादव पनि जसपा नेपालमा प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट