राष्ट्रियसभाबाट तीन जनाले दिए राजीनामा, प्रतिनिधिसभामा लड्ने
डेटूडे खबर डेस्क
०४ माघ २०८२
काठमाडौं । प्रतिनिधिसभामा उम्मेदवारी दिने तयारीमा रहेका राष्ट्रियसभा सदस्यहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले पदबाट आइतबार राजीनामा दिएका छन् ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उनीहरूले लिखित राजीनामा बुझाएका हुन् ।नेकपाका नेता श्रेष्ठ सर्लाही ३ बाट उठ्दै छन् । त्यस्तै वामदेव बर्दिया १ बाट र एमालेकी न्यौपाने तनहुँ १ बाट उम्मेदवारी दिँदै छन् ।
