सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेलले दिए पदबाट राजीनामा
डेटूडे खबर डेस्क
०५ माघ २०८२
काठमाडाैँ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् ।खरेलले सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्की समक्ष राजीनामा पेस गरेका हुन् ।
मन्त्री खरेलले आफ्नो राजीनामा पत्रमा वर्तमान सरकारको स्वतन्त्र पहिचानमा आँच आउन नदिन दलीय राजनीतिको मैदान जानुअघि पदबाट राजीनामा दिने निर्णय लिएको उल्लेख गरे । वर्तमान राष्ट्रिय आवश्यकता, लोकतान्त्रिक प्रणालीको दीर्घकालीन सुदृढीकरण र जनअपेक्षाको परिप्रेक्षमा अब दलीय राजनीतिमार्फत सक्रिय एवं उत्तरदायी भूमिका निर्वाह गर्न वाञ्छनीय निष्कर्षमा पुगेको उनले बताए ।
