जसपा नेपालबाट पर्सा एक र दुई मा यादव र टेमानीले दिए उमेदवारी
डेटूडे खबर डेस्क
०६ माघ २०८२
वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा), नेपालका नेता रामनरेश यादवले पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट उमेदवारी दिएका छन् । जसपा नेपाल पर्साका अध्यक्षसमेत रहेका यादवले क्षेत्र न. १ बाट उमेदवारी दिएका हुन् ।
त्यस्तै गरि, क्षेत्र न. २ बाट नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले मनोनयन दर्ता गराएका छन् । जिल्ला समन्वय समिति पर्साको कार्यालयमा रहेका क्षेत्र न. १ र २ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले आ–आफ्नो उमेदवारी दर्ता गराएका हुन् ।
