राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले सर्लाही-३ बाट गराए मनोनयन दर्ता

  डेटूडे खबर डेस्क
  ०६ माघ २०८२

                            

सर्लाही। राष्ट्रिय मुक्ति पार्टी (रामुपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले सर्लाही निर्वाचन क्षेत्र नम्बर २ बाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय पुगेर महतोले औपचारिक रूपमा मनोनयन दर्ता गराएका हुन् । हालसम्म उक्त क्षेत्रमा अन्य राजनीतिक दलका उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छैनन् ।

रामुपाले यस निर्वाचन क्षेत्रमा अधिकार पहिचान, मधेशका मुद्दा र समावेशी विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै मैदानमा उत्रिएको महतोको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट