मेक्सिकोमा फुटबल मैदानमा भएको सशस्त्र आक्रमणमा ११ जनाकाे मृत्यु

  डेटूडे खबर डेस्क
  १२ माघ २०८२

                            

एजेन्सी ।

मेक्सिकोमा फुटबल मैदानमा भएको सशस्त्र आक्रमणमा ११ जनाको मृत्यु भएकाे छ । मेक्सिकोको मध्य राज्य ग्वानाजुआतोमा रहेको फुटबल मैदानमा आइतवार बन्दुकधारीहरूले गोली चलाउँदा अन्य १२ जना घाइते भएका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

यो आक्रमण सलामान्का शहरको छिमेकमा भएको हो । सलामान्का शहरको मेयरको कार्यालयका अनुसार अधिकारीहरूले आक्रमणका लागि जिम्मेवारहरूको खोजी गर्न अपरेशन शुरू गरेका छन् । ग्वानाजुआतो एक समृद्ध औद्योगिक केन्द्र हो र धेरै लोकप्रिय पर्यटन गन्तव्य हो तर सामूहिक हिंसाका कारण देशको सबैभन्दा घातक राज्य पनि बनेको खबरमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट