कांग्रेसले थाल्यो चुनावी घोषणापत्र निर्माण

  डेटूडे खबर डेस्क
  १२ माघ २०८२

                            

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन क्षेत्रबाट प्राप्त सुझाव र विज्ञको परामर्शमा चुनावी घोषणापत्रको मस्यौदा तयार गर्दै छ । घोषणापत्रमा परिवर्तनको संवाहक शक्तिका रूपमा कांग्रेसलाई प्रस्तुत गर्ने तयारी छ ।

पार्टी सभापति गगन थापा आइतबार (माघ ११) आफूले उमेदवारी दिएको निर्वाचन क्षेत्र सर्लाही–४ तर्फ लागेका छन् । उनी सर्लाहीबाट फर्किएपछि घोषणापत्रको मस्यौदालाई टुंग्याउने गरी काम अघि बढाइने थापाका विज्ञ सल्लाहकार प्रताप पौडेलले जानकारी दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट