समानुपातिकको बन्दसूचीबाट ७६जनाकाे नमा हटाइयाे

  डेटूडे खबर डेस्क
  २० माघ २०८२

                            

काठमाडौँ : निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा समेटिएकामध्ये ७६ जनाको नाम हटाएको छ।

सोमवार आयोगले प्रेस विज्ञप्ति जारी गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनको समानुपातिक उम्मेदवारहरूको विवरण रुजु भइ ७६ जनाको नाम बन्दसूचीबाट हटाइएको जनाएको छ।


जसमा कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका, प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम भएका,  निर्वाचन आयोगबाट तोकिएको जरिवाना नतिरेका, पच्चिस वर्ष उमेर पूरा नभएकालगायत रहेका आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट