मधेश प्रदेश सभाको आठौँ स्थापना दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न
डेटूडे खबर डेस्क
२२ माघ २०८२
जनकपुरधाम । मधेश प्रदेश सभाको आठौँ स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरी भव्य रूपमा सम्पन्न भएको छ। प्रदेश सभाको परिसरमा बुधबार आयोजित आठौँ वार्षिकोत्सव समारोहमा मिथिलाको पहिचान झल्किने नृत्य,संगीत तथा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।
कार्यक्रममा प्रदेश प्रमुख डा.सुरेन्द्रलाभ कर्णले हरेक भाषा र संस्कृतिको सम्मान नै संघीयता तथा लोकतन्त्रको वास्तविक पहिचान रहेको बताए।
उक्त कार्यक्रममा प्रदेश सभाका सभामुख,उपसभामुख, मन्त्रीहरु,प्रदेश सभा सदस्यहरू,पूर्व सांसद,कर्मचारी तथा विशिष्ट व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी अतिथिहरूले मधेश प्रदेश सभाको सफलताको कामना गर्दै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
