आधुनिक युगतर्फ अघि बढ्दैछ सप्तरी : सिके राउत
डेटूडे खबर डेस्क
२४ माघ २०८२
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जंगलराजबाट चिनिएको सप्तरी आधुनिक युगतर्फ अघि बढेको दाबी गरेका छन् । सप्तरी–२ मा प्रतिनिधिसभा उम्मेदवार रहेका अध्यक्ष राउतले भिडिओ सन्देश जारी गर्दै यस्तो बताएका हुन् ।
‘हाम्रो सप्तरी जंगलराजबाट परिचित छ । खाली जंगलराज, गुण्डाराज, दमनशोषण, गाउँगाउँमा अशान्ति, एकअर्कासँग झै–झगडा, मुद्दामामिला । सप्तरी पूरा मुद्दामामिलाका लागि परिचित छ,’ राउतले भनेका छन्, ‘हामी चाहन्छौँ–त्यो जंगलराज, गुण्डाराज हटाएर विकास, आधुनिक र अन्तरीक्ष युगमा प्रवेश गराउन चाहन्छौँ ।’त्यही कामका लागि आफूलाई मतदान गर्न उनले आग्रह गरे । जनमत सरकार रहेकै बेला सप्तरी विकासको बाटोमा अघि बढेको समेत उनले दाबी गरे ।
