वरिष्ठ कलाकार सुनिल थापाको निधन
डेटूडे खबर डेस्क
२४ माघ २०८२
काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ। हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।
नेपाली तथा भारतीय सिनेमा क्षेत्रमा आफ्नो जीवन्त अभिनयको छाप छोडेका उनले दर्जनौँ नेपाली चलचित्रमा काम गरेका छन्। मसालबाट अभिनय सुरू गरेका थापाले बलिउडमा मेरी कोम जस्ता फिल्ममा अभिनय गरेका छन्।
