ट्रकको ठक्करबाट एक जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  २४ माघ २०८२

                            

चितवन । भरतपुर महानगरपालिका–१६ छाहारी चोक नजिक मिनी ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१६ का २८ वर्षीय कुलबहादुर मगरको मृत्यु भएको हो ।

शुक्रबार साँझ ना६ख ६३१६ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना३१प २११४ नम्बरको मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका निजको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट