राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य
डेटूडे खबर डेस्क
२९ माघ २०८२
काठमाण्डाैँ । राष्ट्रियसभाको चालू अधिवेशन भोलि राति १२ बजेदेखि लागू हुने गरी अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गर्नुभएको होे ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले विज्ञप्ति निकालेर फागुन १ गते राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको जानकारी दिए । प्रतिनिधिसभा चुनाव नजिकिँदै गएको र अन्य कुनै महत्त्वपूर्ण बिजनेस नभएको भन्दै सरकारले राष्ट्रियसभाको अधिवेशन अन्त्यका लागि सिफारिश गर्ने निर्णय गरेको थियो ।
राष्ट्रियसभाले चालू अधिवेशनबाट पर्यटन विधेयक र चलचित्र विधेयक पारित गरेकाे छ भने सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता गरेकाे छ । चालू अधिवेशन यही माघ ४ गतेदेखि शुरू भएको हो ।
