निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री कार्की
डेटूडे खबर डेस्क
२९ माघ २०८२
प्रधानमन्त्री सुशीला कार्कीले हिमाली तथा पहाडी जिल्लाहरूमा आगामी फागुन २१ गते नै निर्वाचन गराउन सम्भव रहेको बताकी छन् । बिहीबार हिमाली क्षेत्रको अवस्था बुझ्न प्रधानमन्त्री कार्की सोलुखुम्बु पुगेकी छन्। सोलुखुम्बुको नाम्चे र सल्लरीमा उनले सरोकारवालासँग छलफल गरेकी छन्।
प्रधानमन्त्री कार्कीले निर्वाचन भयरहित, शान्त, निष्पक्ष र धाँधलीरहित ढङ्गबाट सम्पन्न हुनेमा ढुक्क रहन आम मतदाता, राजनीतिक दल तथा उम्मेदवारहरूलाई आग्रह समेत गरिन् । सरकारको सम्पूर्ण ध्यान सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन केन्द्रित रहेको जनाउँदै उनले सम्बद्ध सबै निकायलाई आफ्नो सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्न निर्देशन दिए ।
