म्याग्दी अपडेट : महावीर पुन दोब्बर मतान्तरले अगाडि
डेटूडे खबर डेस्क
२२ फाल्गुण २०८२
बेनी । म्याग्दीका स्वतन्त्र उमेदवार महावीर पुन दुई वटा स्थानीय तहको मतगणना सकिँदासम्म दोब्बर मतान्तरसहित अग्रता लिएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण श्रेष्ठले भन्दा पुनले तीन हजार चार सय ३७ बढी मत पाएका छन् ।
धवलागिरी र मालिका गाउँपालिकाको ११ हजार २ सय १ मत गणना गर्दा पुनले पाँच हजार ५ सय ८ मत पाएको मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर थापाले जानकारी दिए ।
