राप्रपाका कमल थापाले स्विकारे हार

  डेटूडे खबर डेस्क
  २२ फाल्गुण २०८२

                            

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कमल थापाले चुनावी नतिजा आइनसक्दै आफ्नो हार स्वीकार गरेका छन् ।मतगणना जारी रहे पनि मतान्तर धेरै भएकाले उनले हार स्वीकार गरेका हुन् । 

सामाजिक सञ्जालमार्फत आफ्नो हार स्वीकार गर्दै थापाले विजयी उन्मुख राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सस्मित पोखरेललाई बधाई ज्ञापन गरेका छन् । उनले देशव्यापी रूपमा अभूतपूर्व जित हासिल गरेकोमा रास्वपालाई बधाई तथा शुभकामना समेत दिएका छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट