समानुपातिकतर्फ ३ लाख ८४ हजार मत गन्दा रास्वपाको २ लाख ५ हजार
डेटूडे खबर डेस्क
२३ फाल्गुण २०८२
प्रत्यक्षतर्फको परिणाम धमाधम आइरहँदा निर्वाचन आयोगले समानुपातिकतर्फ मतगणनालाई पनि तीव्र पारेको छ।आयोगको तथ्यांकअनुसार अहिलेसम्म ३ लाख ८३ हजार ९८६ मत गणना भएको छ। यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २ लाख ५ हजार ६०९ मत प्राप्त गरेको छ।
यस्तै नेपाली कांग्रेसले ६३ हजार ५२८ मत ल्याएको छ। नेकपा एमालेले ४९ हजार ९३४ मत पाएको छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले २० हजार १४७ मत पाएको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १६ हजार ४८५ मत ल्याउँदा श्रम संस्कृति पार्टीले ८ हजार १८१ ल्याएको छ।
