महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर !

  डेटूडे खबर डेस्क
  २७ फाल्गुण २०८२

                            

काठमाडौँ । एमाले सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ । माघ ११ गते प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बस्नेतले दिएको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै बुधबार बस्नेतविरुद्ध मुद्दा दायर भएको हो ।

उक्त मुद्दामा आगामी चैत १ गते (आइतबार)का लागि सुनुवाइ तोकिएको छ । बस्नेतविरुद्ध अधिवक्ता अवन न्यौपानेले मुद्दा दायर गरेका हुन् ।

 स्नेतले ‘प्रधानन्यायाधीश लगायतका न्यायाधीश ज्यूहरु लाग्दै नलागेको रोग लागेर गायब हुने, न्यायीक प्रक्रिया आतंकित भएर, डराएर अथवा लोभ प्रलोभनमा परेर अथवा हस्तक्षेप भएर प्रक्रिया ढिला गर्ने, न्याय नदिने, दबाबमा पर्ने, भोलि महाअभियोग आउला भन्ने अथवा राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिको सामु डराउने, प्रधानन्यायाधीश लगायतका न्यायाधीश ज्यूहरू फोन अफ गर्ने, पन्छिने’ भन्दै अदालतको अवहेलना गर्दै अभिव्यक्ति दिएको न्यौपानेले दायर गरेको रिटमा उल्लेख छ ।

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट