एमाले कास्की इन्चार्ज कृष्ण थापाको ह्रदयघातका कारण मृत्यु
डेटूडे खबर डेस्क
२८ फाल्गुण २०८२
काठमाण्डौँ । एमाले केन्द्रीय सदस्य एवम् कास्की इन्चार्ज कृष्ण थापाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ९ शान्तिवनमा रहेको जिल्ला पार्टी कार्यालयमा बैठकमा बोल्ने क्रममा दिउँसो एक्कासि ढलेपछि उनलाई मणिपाल अस्पताल पुर्याइएको थियो ।
अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् । अस्पतालका अनुसार थापालाई ह्रदयघात भएको हो । कास्की कमिटीले आज चुनावी समीक्षा बैठक डाकेको थियो र थापा बैठकमै ढलेका थिए । उनी २०५४ सालमा पोखराको मेयर निर्वाचित भएका थिए ।२०७४ सालमा उनी गण्डकी प्रदेश सभा सदस्य थिए भने २०७९ मा उनी पोखराको मेयर पदको निर्वाचनमा पराजित भएका थिए ।
