प्रधानमन्त्री कार्कीलाई निर्वाचन आयोगले बुझायो प्रतिवेदन

  डेटूडे खबर डेस्क
  ०८ चैत्र २०८२

                            

काठमाडौँ- निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिनिधि सभा निर्वाचन २०८२ को निर्वाचन परिणाम प्रतिवेदन बुझाएको छ। आइतबार प्रधानमन्त्रीको निजी निवासमा आयोजित कार्यक्रमा आयोगका तर्फबाट कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचनको नतिजा प्रतिवेदनको एक प्रति प्रधानमन्त्री कार्कीलाई हस्तान्तरण गरेका छन्।

प्रधानमन्त्री कार्कीले आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकी तुलाधर, सगुनशमशेर जबरा, सचिव कृष्णबहादुर राउतलगायत कर्मचारीको टोलीलाई बोलाएर प्रतिनिधि सभाको निर्वाचन तोकिएकै मितिमा स्वच्छ र निष्पक्ष ढंगले सम्पन्न गर्न सफल भएकोमा बधाई पनि दिएकी छन्। कार्कीले  आयोगले गरेको मेहनतको उच्च सह्राहना गर्दै नेपालको निर्वाचन इतिहासमा गुणस्तरीय निर्वाचनको मानक स्थापित भएकोमा प्रसन्नता पनि व्यक्त गरिन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट