रौतहटमा करेन्ट लागेर १ जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  ०८ चैत्र २०८२

                            

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–८ बसन्तपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

गुजरा नगरपालिका–१ मनहर्वा घर भएकी ८४ वर्षीया कान्छी देवी चौधरीको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।

धारामा जडान भएको विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको चपुरस्थित चपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको  प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट