निर्वाचनमा जित्छौं भनेर पार्टी स्थापना भएको होइन, महाधिवेशनको गाडि रोकिँदैन : गगन थापा

  डेटूडे खबर डेस्क
  १० चैत्र २०८२

                            

काठमाडाैँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीलाई केवल निर्वाचनमा सीमित गरेर हेर्नु पर्दैन बताएका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने क्रममा उनले आफ्नो पार्टी आउनुभन्दा अघि निर्वाचन नआएको र निर्वाचनमा लड्नकै लागि भनेर मात्रै पनि पार्टी स्थापना नभएको बताएका छन् । 

“के निर्वाचन नै सबै कुरा हो? हामीले २०७४ जस्तो प्रतिकूल अवस्था पनि भोगेका छौं। पार्टी स्थापना हुँदा निर्वाचन जित्ने उद्देश्य मात्रै थिएन,” उनले भने, “पहिले पार्टी आयो, त्यसपछि मात्रै निर्वाचनको व्यवस्था आयो। हामीले नै निर्वाचन प्रणाली स्थापना गरेका हौं।”

उनले नेपाली कांग्रेसले आफ्नो भूमिकालाई फराकिलो रूपमा बुझ्नुपर्नेमा जोड दिँदै पार्टीभित्र व्यापक सुधार आवश्यक रहेको बताए। सभापति थापाले अब पार्टीको सिंगो पंक्ति महाधिवेशनतर्फ केन्द्रित हुनुपर्ने बताएका छन्। आफूले महाधिवेशनको गाडि अघि बढाइसकेको उल्लेख गर्दै उनले अब त्यो प्रक्रिया नरोकिने जिकिर समेत गरे।

“मैले सभापतिको रूपमा गाडि हाँकेको छु, अब यो गाडि रोकिँदैन,” उनले भने, “हामी सबैलाई समेटेर अघि बढ्छौं, कसैप्रति पूर्वाग्रह राखिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट