भिरबाट लडेर एक बालिकाको मृत्यु

  डेटूडे खबर डेस्क
  १० चैत्र २०८२

                            

बागमती । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित चुत्रोघारीडाँडा जंगलमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । सोमबार घाँस काट्न गएकी सोही वडाको जातिपोखरी निवासी वीरेन्द्र वाइवाकी नौ वर्षीया छोरी लमिना वाइवाको भिरबाट लडेर मृत्युु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । घाँस काट्न गएको र फर्केर नआएपछि खोजतलास गर्दै जाने क्रममा भिरबाट लडेर लमिनाको मृत्यु भएको अवस्थामा फेला परेको प्रनाउ बोगटीले बताए ।

मृतक बालिकाको शव परीक्षणका लागि अस्पताल ल्याउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट