प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा शपथ ग्रहण

  डेटूडे खबर डेस्क
  ११ चैत्र २०८२

                            

काठमाण्डाैँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको कार्यक्रममा ७८ वर्षीय केसीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

गएको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा निर्वाचित २७५ सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुन । प्रतिनिधिसभामा प्रत्यक्षबाट १६५ र समानुपातिकतर्फबाट ११० जना निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका सांसद केसी समानुपातिकतर्फबाट निर्वाचित भएका छन् । ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभामा निर्वाचित सांसदलाई भोलि बिहीवार पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ ।

सांसदहरूले शपथ लिएको भोलिपल्ट अर्थात् १३ गते शुक्रवार रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्रीको शपथ लिने यसअघि नै तय भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट