रास्वपा संसदीय दलको नेतामा वरिष्ठ नेता बालेन्द्र शाह चयन
डेटूडे खबर डेस्क
१२ चैत्र २०८२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा वरिष्ठ नेता बालेन्द्र शाह चयन भएका छन्। रास्वपा संसदीय दलको बैठकले सर्वसम्मतिमा वरिष्ठ नेता शाहलाई संसदीय दलको नेता चयन गरेको हो ।
सभापति रवि लामिछानेले शाहलाई दलको नेता चयन गर्न राखेको प्रस्ताव संसदीय दलले सर्वसम्मत रुपमा पारित गरेको थियो। यो सँगै शाहलाई अब प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।
रास्वपा संसदीय दलको नेता चयन भएसँगै केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक अब केही बेरमा बस्दै छ । केन्द्रीय समितिले संसदीय दलको नेताको रुपमा शाहलाई अनुमोदन गर्नुपर्ने छ ।।
