ओली-लेखक पक्राउ सरकारको अपरिपक्क निर्णय- पूर्वराष्ट्रपति भण्डारी

  डेटूडे खबर डेस्क
  १४ चैत्र २०८२

                            

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारलाई संयमता अपनाउँदै विधि र प्रक्रियाअनुसार अघि बढ्न आग्रह गरेकी छन् । मुलुकको स्थायित्व र लोकतान्त्रिक प्रणालीको संरक्षणतर्फ गम्भीर हुनुपर्नेमा पनि उनले जोड दिएकी छन् ।

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरिनुलाई उनले ‘अपरिपक्व निर्णय’ भनेकी छन् । शनिबार (चैत १४) उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “यसप्रकारको अपरिपक्व निर्णय वर्तमान संविधान, प्रचलित कानुन तथा स्थापित लोकतान्त्रिक अभ्यासहरूसँग मेल नखाने देखिन्छ ।”

गएको भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन वर्तमान सरकारले कार्यान्वयन गर्ने निर्णय गरेको विषयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उनले जनाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट