सिंहदरबार क्षेत्रबाट ७ जना प्रदर्शनकारी पक्राउ
डेटूडे खबर डेस्क
१४ चैत्र २०८२
काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउ विरुद्ध आन्दोलनरत सातजना प्रदर्शनकारीले प्रहरीले सिंहदरबार क्षेत्रबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार निषेधित क्षेत्रमा प्रवेश गरेपछि सिंहदरवारको दक्षिण गेट क्षेत्रबाट प्रदर्शनमा सहभागी ७ जनालाई पक्राउ गरिएको हो। प्रहरी परिसरका एसपी पवन भट्टराईले नियन्त्रणमा लिइएका व्यक्तिहरू हाल प्रहरी हिरासतमा रहेको जानकारी दिएका छन्। उनका अनुसार निषेधाज्ञा उल्लंघन गर्नेहरूलाई तत्काल नियन्त्रणमा लिने नीति अनुसार कारबाही गरिएको हो।
यसअघि प्रदर्शनकारीहरू माइतीघरमा भेला भएर कोणसभा गरेका थिए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा पार्टीले देशभर प्रदर्शनलाई तीव्र बनाइरहेको छ।
