ओली र लेखकलाई ५ दिन थुनामा राख्न अदालतको अनुमति
डेटूडे खबर डेस्क
१५ चैत्र २०८२
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकविरुद्ध अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले ५ दिनको म्याद दिएको छ।
जिल्ला सरकारी वकिलको कार्यालयले १० दिनको म्याद माग गरे पनि अदालतले ५ दिनको मात्रै म्याद दिएको हो। न्यायाधीश आनन्द प्रसाद श्रेष्ठको इजलासले दुवैलाई ५-५ दिनको म्याद थप गर्ने अनुमति दिएको अदालतका सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिए।
