रेखा शर्मालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

  डेटूडे खबर डेस्क
  १६ चैत्र २०८२

                            

काठमाडौं । लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई  ३ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । 

न्यायाधीश नवराज दुलालको इजलासले सोमबार (चैत १६) मा  शर्मालाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो । उनीविरूद्ध बालबालिका सम्बन्धी ऐन, २०७५ बमोजिमको कसुरमा अनुसन्धानका लागि प्रहरीले म्याद थपको माग गरेको थियो । 

‍ जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बहसको क्रममा मिसिल कागज जलेर नष्ट भएको भन्दै केही दिन हिरासतमै राखेर अनुसन्धान गर्नुपर्ने अवस्था रहेको बताएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट