मुक्तिनाथ क्यापिटलको विशेष साधारणसभा आज, शतप्रतिशत हकप्रद सेयर जारी गर्ने मुख्य एजेण्डा

  डेटूडे खबर डेस्क
  २३ कार्तिक २०७८

                            

जनकपुरधाम । मुक्तिनाथ क्यापिटलको विशेष साधारणसभा आज मंगलबार बस्दै छ । सभा मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यालय काठमाडौं प्लाजा कमलादीमा बिहान ११ बजे सुरु हुनेछ ।  

सभामा मुक्तिनाथले हाल कायम चुक्ता पुँजीबाट शतप्रतिशत हकप्रद निष्काशन गर्ने एजेन्डा पेस हुनेछ । सभामा कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतको प्रस्ताव छ ।

स्रोत: एनके

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट