अस्पतालमा आगो लाग्दा चार शिशुको मृत्यु

  डेटूडे खबर डेस्क
  २३ कार्तिक २०७८

                            

जनकपुरधाम । भारतको मध्य प्रदेशको एउटा अस्पतालमा आगो लाग्दा चार नवजात शिशुको मृत्यु भएको छ । मध्य प्रदेशको भोपालस्थित कमला नेहरू बाल अस्पतालको नवजात शिशु उपचार युनिट (एसएनसीयु) मा आगो लाग्दा उनीहरुको जलेर मृत्यु भएको हो ।  

सर्ट सर्किटकाकारण अस्पतालमा आगो लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । अस्पतालको तेस्रो तलाबाट सोमबार राति ९ बजे आगो लाग्न सुरु भएको थियो । आगो नियन्त्रणमा लिन अग्नि  नियन्त्रकलाई दुई घन्टा लागेको थियो । आगोलागीपछि अस्पतालका बिरामीहरुलाई बाहिर निकालिएको थियो । 

आगोलागीबाट अबोध शिशुको मृत्यु भएको भन्दै मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले गहिरो दुःख व्यक्त गरेका छन् ।

स्रोत: ऐजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट