बारामा मोटरसाइकल दुर्घटना हुदा दुई जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  २८ कार्तिक २०७८

                            

डेटूडेखबर संवाददाता
   28 कार्तिक 2078

 वीरगञ्ज ,२८ कार्तिक । बारामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा  कोल्हबी न.पा.१ कोल्हबी टोल बस्ने २० वर्षीय सागर चौधरी र १९ वर्षीय सुशील चौधरीको मृत्यु भएको हो ।

राति साढे ८ बजे बारा कोल्हबी नगरपालिका-१ चौकमा कोल्हबीबाट श्रीपुरतर्फ जाँदै गरेको ना.४२प ८०२३ न.को मोटरसाइकल अनियन्त्रित भई बटौलिया स्वास्थ्य चौकी भवनमा ठोक्किएको थियो ।

दुर्घटनामा  कोल्हबी न.पा.१ कोल्हबी टोल बस्ने २० वर्षीय सागर चौधरी, १९ वर्षीय सुशील चौधरी  र कोल्हवी-९  बस्ने २० वर्षीय अशोक चौधरी गम्भीर घाइते भएका थिए । उनीहरूलाई  उपचारका लागि वीरगञ्जको नारायणी अस्पताल पठाइएको थियो ।

टाउकोमा गम्भीर चोट लागेका सागर र सुशीलको उपचारको क्रममा मृत्यु भएको र अशोकको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायभ उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

शनिबार सवारी दुर्घटनाका घाईते कलैया उपमहानगरपालिका- ९ बस्ने ४५ वर्षीय रामबालक मण्डलको पनि मृत्यु भएको छ । नेशनल मेडिकल कलेजमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट