आज फेरी सुन र चाँदी को मूल्य बढ्यो
डेटूडे खबर डेस्क
२८ कार्तिक २०७८
डेटूडेखबर संवाददाता
28 कार्तिक 2078
जनकपुरधाम ,२८ कार्तिक । नेपालको सुनचाँदी बजारमा केही दिन अघिदेखि लगातार बढिरहेको छापावाल सुनको मूल्य आज पनि प्रतितोला २०० रूपैयाँले उकालो लागेर ९४ हजार ६०० रूपैयाँ कायम भएको छ। गत शुक्रबार प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको सूचीअनुसार आइतबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार १०० रूपैयाँ छ। अघिल्लो दिन प्रतितोला ९३ हजार ९०० रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै‚ आज चाँदीको मूल्य शुक्रबारका तुलनामा १० रूपैयाँले उकालो लागेर एक हजार २९५ रूपैयाँ कायम भएको छ। चाँदी शुक्रबार प्रतितोला एक हजार २८५ रूपैयाँमा कारोबार भएको थियो।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।
