सर्लाहीको लालबन्दीबाट एक लाख ५० हजार रुपैयाँ घुससहित दुई वडा सदस्य पक्राउ

  डेटूडे खबर डेस्क
  २९ कार्तिक २०७८

                            

सर्लाही, २९ । सर्लाहीको लालबन्दी नगरपालिकाबाट एक लाख ५० हजार रुपैयाँ घुस रकमसहित दुई वडा सदस्य पक्राउ परेका छन् । 

ईश्वरपुर नगरपालिका वडा नम्बर ११ का वडा सदस्यहरू सोनलाल साह  र उमेश रायलाई एक लाख ५० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दिबासबाट खटेको टोलीले आज साेमवार पक्राउ गरेको हो । 

ढलानसम्बन्धी काम सम्पन्न गरेपछि उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिस गरिदिएबापत घुस लिन लागेको भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट