मन्त्री साह: कर करले होइन, रहरले बुझाऔ कर
डेटूडे खबर डेस्क
०१ मंसिर २०७८
जनकपुरधाम, ०१ मंसिर । प्रदेश नं.२ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले करले सरकारलाई नागरिकप्रति जवाफदेही र उत्तरदायी बनाउँने हुँदा कर कर करले नभई रहरले बुझाउँने वातावरण सिर्जना हुनुपर्ने बताएका छन् ।
कर दिवस २०७८ को शुभकामना दिँदै मन्त्री साहले राज्यसञ्चालनको प्रमुख आधार कर भएकाले प्रतिनिधित्व विना कर लगाउन र सो कर खर्च गर्न नपाउँने सर्वमान्य सिद्धान्त भएको उल्लेख गरे ।
यस सिद्धान्तबाट लोकतन्त्र र कानूनको शासन प्रमाणित हुने भन्दै रक तथा गैरकरका बारेमा सरोकारवालाहरुमा चेतना अभिद्धि गर्न नेपाल सरकारले मंसिर १ गते कर दिवस मनाउँदै आएकोमा प्रदेश अर्थ मन्त्रालयले समेत सोही दिनको अवसर पारेर कर दिवस मनाउँने निर्णय भएको मन्त्री साहले जानकारी गराए ।
स्वच्छ एवं पारदर्शी तथा करदातामैत्री वातावरण कायम गर्न प्रविधि सुधार गर्ने तथा क्षमता सबलीकरण गर्ने तथा सेवाप्रवाहको आधनुनिकीकरण र सरलीहरणका माध्यमबाट करमा नागरिकको लागत न्यूनिकरण गर्न प्रदेश अर्थ मन्त्रालय प्रतिवद्ध रहेको र कर दिवसको अवसरमा मन्त्री साहले संघ, प्रदेश र स्थानीय तहमा संविधान र कानून बमोजिम कर संकलनमा योगदान पुर्याउनेहरुलाई शुभकामना व्यक्त गरेका छन् ।