दाजु र बहिनीबिचको आत्मीय प्रेमको प्रतिकका रुपमा मनाइने समाचकेवा पर्वको आज समापन

  डेटूडे खबर डेस्क
  ०३ मंसिर २०७८

                            

जनकपुरधाम, ०३ मंसिर । दाजु भाईको दिर्घायुको लागि खेलिने सामा चकेवा पर्व आज धुमधामका साथ ११ दिन खेली समापन गरिएको छ । छठपर्वको पहिलो दिन खरनाको  बिन्दावन, चुगला, चकेवा, सतभैया, मालिन, बजैया जस्ता अनेक मूर्ति बनाई एघार दिन जति प्रत्येक दिन रातिमा दिदि बहिनिहरु बाँसको डालीमा सामा राखेर दियो बालि सबैजना समूहमा गोलो आकारमा बसेर खेलिने परम्परा देखी नै समा चकेवा पूर्णिमाको दिन सामालाई रङ्गिचङ्गि रंगले रंगयाई बनाइ सामाको विदाइको लागि अनेक परिकार बनाई समाको विदाइ गरिएको छ ।

 दिदि बहिनीहरु ११ दिन सम्म प्रत्येक दिन रातिमा सबैजना एक ठाउमा बसी समाको गीत गाई समूहमा सबै जनाको दाजु भाईको दिर्घायुको कामना गर्ने गर्छ । 

गीतमा चुगला चुगलखोरी गरेकाले चुगलालाई गाली गर्ने चलन पनि रहेको छ । व्यङ्गयात्मक किसिमले चुगलाको वर्णन सामाको गीतमा रहेको हुन्छ ।

११ दिन सामालाई घरमा राखी पूर्णिमाको दिन चुरा, गुँड, बतासा, रोटी, खीर खुवाएर दाजु भाईलाई पनि प्रसादको रुपमा च्युरा गुँड दिने गरिन्छ । माटोले बनाइएको सामा आज दाजुभाईले घुँडामा राखेर भाँचिदिएका सामा चकेवा र अन्य मूर्तिलाई गाउँ नजिकको खोला, पोखरी वा तलाउँमा बिसर्जन गरिएको छ । बिसर्जनको बेला समदावन गीतले सामाको विदाई गरिएकोछ ।    

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट