३६० नामले परिचित एबी डीभिलियर्सले सबैखाले क्रिकेटबाट सन्न्यास लिए

  डेटूडे खबर डेस्क
  ०४ मंसिर २०७८

                            

जनकपुरधाम, ०४ मंसिर । दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर एबी डी भिलियर्सले सबैखाले क्रिकेटबाट हिजो सन्न्यासको घोषणा गरेका छन् । उनले सन्न्यासको घोषणा गर्दै लेखेका छन्, ‘यो एक अविस्मरणीय यात्रा रहेको छ, तर मैले क्रिकेटको सबै फर्म्याटबाट सन्न्यास लिने घोषणा गरेको छु ।’

डी भिलियर्सले पछिल्लो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ मा रोयल च्यालेन्जर्स बेङ्गोरका लागि खेलेका थिए । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन् २०१८ मा सन्न्यास लिएका डी भिलियर्सले टी–२० लिग भने खेल्दै आएका थिए ।

उनले दक्षिण अफ्रिकाका लागि एक सय १४ टेस्ट, दुई सय २८ एकदिवसीय र ७८ टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । टेस्टमा डी भिलियर्सले आठ हजार सात सय ७५ रन, एकदिवसीयमा नौ हजार पाँच सय ७७ र टी–२० मा एक हजार ६ सय ७२ रन बनाएका छन् ।  एबि लाई क्रकेट जगतमा ३६० डिग्रि भनेर सम्बोधन गर्ने गरिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट