सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयाे

  डेटूडे खबर डेस्क
  ०५ मंसिर २०७८

                            

सप्तरी , ०५ मंसिर ।  सप्तरीकाे बोदे बरसाइन नगरपालिका–७ हैठीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मूत्यु भएको छ ।

हिजाे बेलुका स ६ प ५०६० नम्बरकाे मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा सप्तरी खडक नगरपालिका–११ बनौलीका २३ वर्षीय मोहम्मद सहजाद आलमको ज्यान गएकाे हाे । 

दुर्घटनामा गम्भीर घाइते भएका आलमको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पतालमा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवं प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयाे । 

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनु भयाे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट